“डाइरेक्ट डिल, नो किचकिच ”
काठमाडौं, १३ चैत । मंगलवार काठमाडौंको शंकर होटेलमा पार्ट टाइम इजी वर्क नामक एपको एक भव्य समारोहका बीच उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । यो एप रोजगारदाता र श्रमिकहरूबीच प्रत्यक्ष सम्पर्क स्थापित गराउने आधुनिक डिजिटल समाधान हो ।
नेपालमा रोजगारीमा नयाँ क्रान्ति
कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले यो एपले मुलुकमा डिजिटल पोर्टलको माध्यमबाट दक्ष जनशक्ति उत्पादनमा सघाउ र्पुयाउने बताएका थिए । उनका अनुसार यस एपमा काम खोज्ने र काम दिनेबीच सहज सहकार्यको वातावरण सिर्जना गराउँछ । उनले यस एपले नेपालमा डिजिटल रोजगार व्यवस्थापनको भुमिका खेल्ने बताएका छन् ।
विभिन्न क्षेत्रमा रोजगारीको अवसर
पार्ट टाइम इजी वर्क एप विशेष गरी विभिन्न प्रकारका काम खोज्ने व्यक्तिहरू र काम दिन चाहने रोजगारदाताहरूलाई जोड्ने एक डिजिटल माध्यम हो । एपमा गृह शिक्षक, ट्युशन, घरायसी सहयोगी, सवारी चालक, प्लम्बर, इलेक्ट्रिसियन, कृषि श्रमिक, निर्माण मजदुर, ग्राफिक डिजाइनर, फोटोग्राफर, भिडियो सम्पादक, अनुवादक, मार्केटिङ एजेन्ट, सफ्टवेयर डेभलपर, वेटर, क्यासियर, ढुवानी सेवा, बेकरी सहायक, व्यक्तिगत ट्रेनर, सुरक्षा गार्ड, घर सफाइ सेवा साथै कृषिसम्मका जस्ता विभिन्न पार्ट टाइम कामहरू उपलब्ध रहेका छन् ।
एपले श्रमिक र रोजगारदाता बीच पुलको काम गर्ने
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दशरथ गिरीले यो एपले श्रमिक र श्रमदाता बीचको सम्बन्धलाई मजबुत बनाउने पुलको रूपमा कार्य गर्ने बताएका थिए । गिरीका अनुसार “एपको मुख्य उद्देश्य भनेको काम खोज्ने र काम दिने व्यक्तिहरूबीच प्रत्यक्ष सम्पर्क स्थापित गराउने हो, जसले गर्दा काम खोज्नेहरूलाई सहज अवसर मिल्नेछ र रोजगारदाताहरूलाई योग्य श्रमिकहरू छान्न सजिलो हुनेछ ।”साथै, उनले एपमा सुरक्षित भुक्तानी प्रणाली, सहज प्रयोगकर्ता इन्टरफेस, प्रत्यक्ष कुराकानी जस्ता सुविधा रहेको जानकारी गराए ।
पार्ट टाइम इजी वर्क एपको फाइदा
१. सीधा सम्पर्क प्रणाली
काम खोज्नेहरू र रोजगारदाताहरू बीच प्रत्यक्ष सम्झौता गर्न सकिने भएकाले कुनै बिचौलियाको आवश्यकता पर्दैन ।
२. विभिन्न रोजगारीका अवसरहरू
शिक्षादेखि कृषि, निर्माणदेखि प्रविधिसम्मका कामहरू उपलब्ध छन ।
३. सुरक्षित भुक्तानी प्रणाली
एपमार्फत हुने आर्थिक लेनदेन सुरक्षित र पारदर्र्शी छ ।
४. सजिलो पहुँच
मोबाइल एपको प्रयोग गरी कुनै पनि ठाउँबाट सजिलै काम खोज्न र दिन सकिन्छ ।
५. समय र खर्च बचत
काम खोज्न र पाउन अनावश्यक दौडधूप गर्नुपर्ने बाध्यता हटाउनेछ ।
डिजिटल युगमा रोजगारीको नयाँ आयाम
पार्ट टाइम इजी वक एपले नेपालमा रोजगारीको अवसरलाई प्रवद्र्धन गर्दै बेरोजगार तथा पार्ट टाइम काम खोज्ने व्यक्तिहरूलाई डिजिटल प्रविधिको सहायताले उचित अवसर उपलब्ध गराउने लक्ष्य लिएको छ । डिजिटल युगमा यस्तो एप आवश्यक रहेको र यसले श्रम बजारलाई अझ व्यवस्थित बनाउने विश्वास गरिन्छ । पार्ट टाइम इजी वक एपले नेपाली युवा तथा सीपयुक्त जनशक्तिलाई सही अवसर प्रदान गर्न साथै यस एपको मार्फत देश नेपालले विकासको वेग छुन सक्ने सम्भावना समेत देखिएको छ ।